नियम १८
बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन नपाउने
: (१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवधिभर कुनै सैनिक बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन सक्ने छैन ः-
(क) निलम्बन भएकोमा निलम्बन भएको अवधिभर,
(ख) बढुवा रोक्का भएकोमा रोक्का भएको अवधिभर,
(ग) तल्लो पदमा घटुवा भएकोमा सो भएको मितिले एक वर्षसम्म,
(घ) बार्षिक कार्यसम्पादन मूल्याङ्कन फाराममा (नेकिबदीको कलमी चित्र लेखिने महलमा) बढुवाको लागि अयोग्य भनी लेखिएको र त्यस्तो रायलाई अख्तियारी प्राप्त सैनिक अधिकारीबाट समर्थन गरिएको अवस्थामा सो आर्थिक वर्षसम्म,
(ङ) निजी प्रयासमा अध्ययन वा तालिमको लागि विदामा बसेकोमा सो अवधिभर,
(च) कुनै कसूरको सम्बन्धमा कोर्ट अफ ईन्क्वायरीमा विचाराधिन रहेकोमा सो अवधिभर,
(छ) कुनै कसूरको छानविनको क्रममा रहेको अवस्थामा सो छानविन समाप्त नभएसम्म,
(ज) कुनै कसूरको सम्बन्धमा अदालतमा मुद्दा दायर भएकोमा अदालतबाट सफाई नपाएसम्म,
(झ) कुनै कसूरमा अदालतबाट सजाय भएकोमा सो सजाय भुक्तान नगरेसम्म ।
(२) देहायको अवस्थामा कुनै सैनिक बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन सक्ने छैन ः-
(क)आर्थिक अनियमितता, भष्ट्राचार वा बहुविवाहको कसूरमा सजाय पाएमा,
(ख) मानव अधिकार वा मानवीय कानूनको उल्लङ्घन हुने कार्य गरेको भनी अदालतबाट ठहर भएमा,
(ग) स्वास्थ्य वर्गीकरण एमइडिडिआइसिसिओएस–जी दुई भन्दा बढी भएमा ।
(३) उपनियम (२) को खण्ड (ग) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै सैनिकलार्ई तालिम वा आफ्नो पदीय कर्तब्य पालना गर्दाको अवस्थामा कुनै शारीरिक चोटपटक लागेमा र निजको स्वास्थ्य परीक्षण गराउँदा चोटपटक लागेको अङ्ग बाहेक निज शारीरिक तथा मानसिक रूपमा स्वस्थ रही आफ्नो पद अनुरुपको कार्य तथा सम्बन्धित तालिम गर्न सक्षम देखी मेडिकल बोर्डले निजलाई स्वास्थ्य वर्गीकरण एमइडिडिआइसिसिओएस–जी एक प्रदान गरेमा त्यस्तो सैनिक बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन सक्नेछ ।